chhome.html

搜尋

其他語言

अन्य भाषाहरुमा सामग्री (नेपाली)

ट्रेजरी वेबसाइटको नेपाली संस्करणमा चयन गरिएको आवश्यक जानकारी मात्र समावेश छ । तपाईले हाम्रो वेबसाइटको पूर्ण सामग्री अंग्रेजी, परम्परागत चिनियाँ वा सरलीकृत चिनियाँ भाषामा पढ्न सक्नुहुन्छ ।

हाम्रो उद्देश्य, दृष्टिकोण तथा मान्यताहरु

ट्रेजरीको दृष्टिकोण सरकारको लेखा तथा वित्तीय व्यवस्थापन सेवा प्रावधानको नेतृत्व गर्नु र उत्कृष्टता हासिल गर्नु हो। यस दृष्टिकोणलाई ध्यानमा राख्दै, हामी व्यावसायिकता, नेतृत्व र सेवाग्राही केन्द्रित तीन प्रमुख उद्देश्य प्राप्त गर्ने प्रयास गर्दछौं ।

हाम्रा सेवाहरू

  • केन्द्रिय लेखा, संकलन र भुक्तानी

ट्रेजरीले सरकारी खाताहरूको संकलन र रेखदेख गर्दछ । यसले खरिद गरिएका सामग्री र सेवाहरू साथै अनुदानहरूको सम्बन्धमा सरकारको केन्द्रिय वित्तदाता (पेमास्टर) को रूपमा कार्य गर्दछ । दर, सरकारी भाँडा, जग्गाको प्रिमियम, पानी तथा ढल निकास शुल्क र अन्य प्रकारका राजस्वको सम्बन्धमा केन्द्रित संकलन सेवाको व्यवस्था पनि गर्दछ ।

  • निजामती सेवाको तलब भुक्तानी, भत्ता, सुविधा र लाभ तथा पेन्सनहरु

ट्रेजरीले तलब, भत्ता, करार उपदान, अनिवार्य सञ्चय कोष र निजामती सेवा सञ्चयकोष योगदान, र निजामती कर्मचारीहरूको लागि अन्य सुविधाहरूको साथै सेवानिवृत्त निजामती कर्मचारीहरू र अन्य योग्य व्यक्तिहरूको लागि सम्बन्धित कानून, नियमन र नियमहरू अन्तर्गत पेन्सनको लागि सरकारको पेमास्टर (वित्तदाता) को रूपमा कार्य गर्दछ । यसले सरकारको केन्द्रित पेरोल (तलब वितरण) र पेन्सन प्रणालीहरू सञ्चालन र व्यवस्थित गर्दछ ।

  • निकाय र विभागहरूलाई लेखा र वित्तीय व्यवस्थापन सेवाहरू

ट्रेजरीले निकाय र विभागहरूको खर्च र राजस्वको बजेट नियन्त्रण र सरकारी खाताहरूको उत्पादनमा केन्द्रित लेखा र वित्तीय सूचना प्रणालीहरू संचालन र व्यवस्थित गर्नको साथै ब्यूरो र विभागहरूको सञ्चालन र सेवाहरूको लागत निर्धारण गर्न अन्य लेखा र लागतखर्च प्रणालीहरू र स्रोतहरूको टुङ्गो लगाउन उचित व्यवस्थापन गर्न मद्दत गर्दछ ।

ट्रेजरीले निकाय र विभागहरूलाई लेखांकन र वित्तीय समर्थन साथै सल्लाहकारको सेवाहरू पूर्ण रुपमा प्रदान गर्दछ, जसमा लेखांकन निर्देशनहरू र लागत नीतिहरू तयार गर्ने, लेखांकन, लागत र वित्तीय व्यवस्थापन मामिलाहरूमा सल्लाह दिने समावेश गरिएको छ । यसले ट्रेजरीका कर्मचारीहरूद्वारा प्रदान गरिने सेवाहरु व्यवसायिक रुपमा गुणस्तरीय भएको सुनिश्चित गर्न उनीहरुलाई नियमित रुपमा प्रशिक्षण पनि प्रदान गर्दछ ।

  • कोष व्यवस्थापन

ट्रेजरीले अनुदान र अनुदानित विद्यालय सञ्चय कोष, गुणस्तर शिक्षा कोष, HKSAR सरकारी छात्रवृत्ति कोष, स्व-प्रायोजित पोस्ट-सेकेन्डरी शिक्षा कोष, सर डेभिड ट्रेन्च फण्ड फर रिक्रिएसन, द बीट ड्रग्स फण्ड र AIDS ट्रस्ट फण्डको विवेकपूर्ण लगानी मार्फत उचित लगानी प्रतिफल प्राप्त गर्ने दृष्टिकोणको साथ लगानी पोर्टफोलियोको व्यवस्थापन गर्दछ । यसले वितरण गरिएको कोषहरु सहि ठाँउमा र सहि ढंगमा प्रयोग गरिएको र उचित व्यवस्थापनको सुनिश्चित गर्दछ ।

जातिय समानता प्रबर्द्धन सम्बन्धी

ट्रेजरीले विविध जातियता, सांस्कृतिक तथा भाषिक विविधताको पर्वाह नगरी गुणस्तरीय सेवाहरू प्रदान गर्न र समान पहुँचको सुनिश्चित गर्न प्रतिबद्ध छ । कृपया विवरणको लागि उपायहरुको विषय सूचीबाट सन्दर्भ लिनुहोस् ।

Close menu